Skip to main content

ॐ जय सुपादेउराली माता 🙏

Puja and offerings

पूजा र भेटी

सुपा देउराली माताको दर्शन, आरती, भाकल र भेटीबारे भक्तजनका लागि जानकारी।

Information for devotees about darshan, aarti, vows and offerings at Supadeurali Temple.

पूजा गराउन, भाकल चढाउन वा मन्दिरमा दान गर्न मन्दिरकै काउन्टरमा सम्पर्क गर्नुहोस्। यो वेबसाइटले पूजा बुकिङ वा मन्दिरको दान लिँदैन।

To arrange a puja, make an offering or donate to the temple, please go to the temple counter. This website does not take puja bookings or temple donations.

दर्शन र आरती · Darshan and aarti

मन्दिर दैनिक बिहान ५:०० देखि बेलुका ७:०० सम्म खुल्छ।

बिहानको आरती / नित्य पूजा: बिहान ५:०० – ६:००
साँझको आरती: बेलुका ५:०० – ६:००

Open daily 5:00 AM – 7:00 PM. Morning aarti / daily puja about 5:00 – 6:00 AM; evening aarti about 5:00 – 6:00 PM. Times may change on festival days.

भाकल · Vows

गोर्खाको मनकामना जस्तै यहाँ पनि भाकल गरे मनोकामना पूरा हुन्छ भन्ने गहिरो आस्था छ। मनोकामना पूरा भएपछि भक्तजन भाकल पूरा गर्न फेरि माताको दर्शनमा आउँछन्।

नजिकैको लाहुरे टाँसिएको भिरको जनविश्वासले पनि गरेको भाकल नबिर्सन सम्झाउँछ।

Like Manakamana in Gorkha, devotees deeply believe that a vow (bhakal) made here brings their wish true. The local legend of the Lahure cliff reminds everyone never to forget a vow.

बलि · Offerings

पहिले यहाँ कालो पाठी चढाउने चलन थियो। अहिले पाठो, पाठी, भेडा र कुखुरा चढाइन्छ।

In the past a black female goat was offered; today male and female goats, sheep and chickens are offered. Please follow the guidance of the temple staff.

कहिले धेरै भीड हुन्छ · Busy times

असोजदेखि मंसिरसम्म सबैभन्दा धेरै भक्तजन आउँछन् र दैनिक हजारौं भक्तजन पुग्छन्। शनिबार र चाडपर्वमा विशेष भीड लाग्छ।

Ashoj to Mangsir is the busiest season, with thousands of devotees every day. Saturdays and festival days are especially busy, so come early.

चाडपर्व हेर्नुहोस् → Festivals

मन्दिरको भेटीले समाजलाई · How temple offerings help

मन्दिरमा संकलन हुने भेटीबाट धार्मिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइँदै आएको छ: विद्यालयहरूलाई आर्थिक सहयोग, खाँचीकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी, दीर्घ रोगीहरूलाई सहयोग, र गौशाला तथा वेद विद्याश्रमलगायत संस्थालाई सहयोग।

Offerings made at the temple support schools, a health worker at Khanchikot Health Post, help for people with chronic illness, and the cow shelter, Veda school and other institutions in Sandhikharka.

यो वेबसाइटलाई सहयोग

यो वेबसाइट एक भक्तले स्वयंसेवाको रूपमा चलाउँछन्; यसको मन्दिर समितिसँग आधिकारिक सम्बन्ध छैन। यहाँ गरिएको सहयोग वेबसाइट चलाउन (सर्भर, डोमेन) मात्र प्रयोग हुन्छ, मन्दिरको दानमा जाँदैन।

This website is run by a devotee as a volunteer and is not officially part of the temple committee. Support given here only keeps the website running (server and domain); it is not a donation to the temple.